६ आश्विन २०८३, मंगलवार

दाईको हत्या आरोपमा भाई पक्राउ

201

नवलपरासी पश्‍चिम: आफ्नै दाई ३६ वर्षीय कृष्णबहादुर शाहीको हत्या गरेको अभियोगमा बर्दघाट नगरपालिका-१ पुनर्बास बस्ने ३४ वर्षीय चित्रबहादुर शाहीलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको छ।

प्रारम्भिक जानकारी अनुसार, चित्रबहादुरले कोदालोको बिँड लगायतका वस्तुले प्रहार गर्दा कृष्णबहादुरको घटनास्थलमै मृत्यु भएको थियो। घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले चित्रबहादुरलाई तत्काल नियन्त्रणमा लिएको हो।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

Author

Leave A Reply

Your email address will not be published.