६ आश्विन २०८३, मंगलवार

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

247

काठमाडौँ, मुलुकभरको मौसममा आएको खराबी र बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को प्रभावका कारण नेपालको हवाई उडान सेवामा व्यापक असर परेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडानहरू प्रभावित भएका छन्।

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार, आज आन्तरिकतर्फका धेरै उडानहरू ‘डाइभर्ट’ गरिएका छन्। भरतपुर र तुम्लिङटार विमानस्थलबाट हुने उडान सेवा पूर्ण रूपमा बन्द गरिएको छ। पोखरा विमानस्थलमा आगमन उडान बन्द गरिए पनि प्रस्थान उडानहरू भने सञ्चालनमा छन्। विराटनगरबाट काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको विमान उतै डाइभर्ट भएको छ भने भैरहवाबाट काठमाडौँ आउँदै गरेको सोही एयरलाइन्सको अर्को विमान पनि भैरहवामै फर्काइएको छ।

अन्तर्राष्ट्रियतर्फ पनि मौसमको असर देखिएको छ। नेपाल एयरलाइन्सको एक विमान भारतको नयाँदिल्ली डाइभर्ट भएको छ। त्यसैगरी, इण्डिगो एयरको विमान पनि नयाँदिल्ली डाइभर्ट गरिएको छ भने एयर इण्डियाको विमानलाई लखनउतर्फ मोडिएको प्रवक्ता शेर्पाले जानकारी दिए। हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिबिलिटी २,५०० मिटर रहेको छ, तर ‘इनरुट वेदर’ मा आएको खराबीले आन्तरिक उडानमा बढी समस्या आएको विमानस्थल कार्यालयले जनाएको छ।

Author

Leave A Reply

Your email address will not be published.