८ आश्विन २०८३, बिहीबार

शेर बहादुर देउवा पत्नी सहित उपचारका लागि सिंगापुर जादै

243

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज (सोमबार) राति थप उपचारका लागि सिंगापुर प्रस्थान गर्ने भएका छन्। सभापति निकट स्रोतका अनुसार देउवा पत्नी आरजु राणा देउवासहित सिंगापुर जान लागेका हुन्।

भदौ २४ गते बूढानीलकण्ठस्थित निवासमा जेनजी आन्दोलनका क्रममा भएको घटनापछि देउवा दम्पतीमाथि कुटपिट भएको थियो। त्यस घटनामा देउवाको टाउकोमा १२ वटा टाँका लगाइएको जानकारी कांग्रेस नेताहरूले दिएका छन्। सार्वजनिक रूपमा कमै देखिएका देउवा असोज २८ गते केन्द्रीय कार्यालयमा देखिएका थिए र सोही दिन उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोकेका थिए।

Author

Leave A Reply

Your email address will not be published.