८ आश्विन २०८३, बिहीबार

तीन दलका प्रमुख नेतालाई बिदाइ गर्न गगन थापाको प्रस्ताव

273

काठमाडौं, असोज २६ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तीन प्रमुख दलका शीर्ष नेताहरूलाई बिदाइ गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। उनले ‘तीन दलका तीन प्रमुख नेतालाई बिदाइ गरी संवादको नयाँ वातावरण प्रारम्भ गरौँ’ भन्ने आग्रह गरेका हुन्।

थापाले कांग्रेसमा महाधिवेशनको माग गर्दै आएका छन्। साथै, नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्तालाई पनि आफ्ना शीर्ष नेताहरूमाथि ‘अब नो मोर’ भन्न आग्रह गरेका छन्।

उनले नेतृत्व परिवर्तनले मात्रै सबै समस्या समाधान नहुने तर आवश्यक परे आफू पनि पद छाड्न तयार रहेको बताएका छन्।

Author

Leave A Reply

Your email address will not be published.