नेकपा एमाले युवा संघको बाइक र्याली, प्रशासनद्वारा रोक
काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले भोलि शनिबारका लागि तय भएका विभिन्न समूहका मोटरसाइकल र्याली र सभाहरूमा रोक लगाएको छ। विशेषगरी नेकपा (एमाले) को भातृ संगठन युवा संघ नेपालले घोषणा गरेको बाइक र्यालीलाई लक्षित गरी यो सूचना जारी गरिएको हो।
गत भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा भएको क्षति र शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै कुनै पनि र्याली, जुलुस, धर्ना वा सभाका लागि स्वीकृति नदिने प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलद्वारा जारि गरेको प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। शान्ति सुव्यवस्था कायम राख्न यो निर्णय गरिएको बिज्ञप्तिमा उल्लेख छ।
