८ आश्विन २०८३, बिहीबार

कांग्रेस पदाधिकारी बैठक भोलि पनि बस्ने, समसामयिक चुनौतीबारे छलफल

257

नेपाली कांग्रेसको पदाधिकारी बैठक शुक्रबार पनि बस्ने भएको छ। पार्टी कार्यालय सानेपामा बिहीबार सुरु भएको बैठकमा पूर्वपदाधिकारी र पदाधिकारीहरूले समसामयिक विषयमा आफ्नो धारणा राख्ने क्रम नसकिएकाले बैठक भोलि (शुक्रबार) दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।

आजको बैठकमा देशको वर्तमान परिवेश, उत्पन्न चुनौतीहरू र लोकतान्त्रिक मूल्यमान्यता तथा देशलाई कमजोर हुनबाट कसरी जोगाउने भन्ने विषयमा छलफल भएको महतले बताए।

त्यस्तै, आगामी असोज २६ गते बस्ने केन्द्रीय कार्यसमितिको पूर्ण बैठकका लागि समान धारणा बनाउने विषयमा पनि आज छलफल भएको जनाइएको छ।

Author

Leave A Reply

Your email address will not be published.