जेनजी आन्दोलनमा ‘वान म्यान आर्मी’ भन्दै भाइरल भएका युवकद्वारा आमाको हत्या
२०८२ असोज २० गते सोमबार, काठमाडौं।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ थापाकटेरीमा आफ्नै आमा ५५ वर्षीया राम माया कडेलको हत्या गरेको अभियोगमा ३० वर्षीय यम बहादुर कडेल पक्राउ परेका छन्।
आइतबार राति धारिलो हतियार प्रहार गर्दा राम मायाको घटनास्थलमै मृत्यु भएको थियो। सूचना पाएलगत्तै प्रहरी चौकी सल्यानकोटबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
यम बहादुर गत २४ भदौको जेनजी आन्दोलनमा प्रहरीसँग आक्रोसित हुदै बोलेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएका थिए। त्यस क्रममा उनले आफूलाई ‘वान म्यान आर्मी’ भन्दै विदेशी पुँजीवाद र देशका दलालसँग एक्लै लड्न सक्ने दाबी गरेका थिए।
हाल प्रहरीले यस घटनाबारे थप अनुसन्धान गरिरहेको छ।