८ आश्विन २०८३, बिहीबार

दुईसातापछि टोपबहादुर रायमाझी कारागार फर्किए

263

२०८२ असोज ०७ गते मंगलबार, काठमाडौं।

नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी पूर्वमन्त्री टोपबहादुर रायमाझी दुई सातापछि फेरि सुन्धारा कारागार फर्किएका छन्।

२४ भदौमा जेनजीको प्रदर्शनका क्रममा सुन्धारा कारागारबाट निस्केका रायमाझी मंगलबार फर्किएको कारागार स्रोतले जनाएको छ।

सो दिन सुन्धाराबाट मात्रै ३३ सय र देशभरबाट १४ हजारभन्दा बढी कैदीबन्दी निस्केका थिए। हाल करिब आधाजसो कैदीबन्दी कारागार फर्किसकेका छन् भने अन्य सम्पर्क बाहिर रहेका छन्।

 

 

Author

Leave A Reply

Your email address will not be published.