नमोबुद्ध नगरपालिकाका पूर्व नगरप्रमुख टंक प्रसाद शर्माको निधन
२०८२ असोज ०७ गते मंगलबार, काठमाडौं।
नमोबुद्ध नगरपालिकाका प्रथम नगरप्रमुख टंक प्रसाद शर्मा (तिमल्सिना) को आज बिहान ४ बजे धुलिखेल अस्पतालमा उपचारका क्रममा निधन भएको छ।
शर्मा केही दिनअघि स्कुटर दुर्घटनामा परि गम्भीर घाइते भएका थिए। दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेका कारण उपचारकै क्रममा उहाँको निधन भएको अस्पतालले जनाएको छ।
स्थानीय तह घोषणा भएपछि एमालेबाट निर्वाचित भई नगरप्रमुख बनेका शर्मा नगरपालिकाको विकास तथा सेवाप्रदायक भूमिकामा सक्रिय रहनुभएको थियो। साथै, उहाँ साहित्यकार एंव पूर्व पत्रकार समेत हुनुहुन्थ्यो।
शर्माको निधनको खबरले सम्पूर्ण नगरवासीलाई मर्माहत तुल्याएको छ।