८ आश्विन २०८३, बिहीबार

चार नवनियुक्त मन्त्रीलाई शपथ

216

२०८२ असोज ०६ गते सोमबार, काठमाडौं।

राष्ट्रपति रामचन्द्र पौडेलले शितलनिवासमा आयोजित विशेष समारोहमा चार नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।

पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, आविष्कार केन्द्रका संस्थापक महावीर पुन, पत्रकार जगदिश खरेल र विज्ञ मदन परियारले मन्त्री पदको शपथ लिएका हुन्। सिन्हाले उद्योग, कानुन र भूमि मन्त्रालय, पुनले शिक्षा विज्ञान तथा प्रविधि, खरेलले सञ्चार तथा सूचना तथा परियारले कृषि मन्त्रालय पाएका छन्।

शपथ समारोहमा प्रधानमन्त्री सुशीला कार्की, उपराट्रपति, सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्षलगायत उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति थियो।

Author

Leave A Reply

Your email address will not be published.