नख्खु कारागारबाट भागेका कैदीले श्रीमतीको हत्या
२०८२ असोज ०५ गते आइतबार, काठमाडौं।
नख्खु कारागारबाट जेन्जी आन्दोलनका क्रममा भागेका काभ्रे पनौती–१२ गागलका सन्तबहादुर तामाङले आफ्नै श्रीमती मनिषा तामाङलाई हत्या गरेका छन् ।
जवरजस्ती करणी अभियोगमा जेल परेका तामाङले शनिबार हत्या गरी फरार भएको प्रहरीले जनाएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय बनेपाको टोली पुगेको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
पक्राउ परेका शाहमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।