८ आश्विन २०८३, बिहीबार

तनहुँमा १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी, अभियुक्त पक्राउ

179

२०८२ असोज ०५ गते आइतबार, काठमाडौं।

तनहुँमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

भानु नगरपालिका–३ तुरतुरेस्थित श्रेष्ठ मेडिकलमा कार्यरत सिराहा लहान नगरपालिका–१२ घर भएका ४१ वर्षीय सुमित शाहलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

शाहले मेडिकलमै बालिकामाथि जबरजस्ती करणी गरेको भन्ने उजुरीपछि प्रहरी चौकी तुरतुरेबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

पक्राउ परेका शाहमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

Author

Leave A Reply

Your email address will not be published.