नेपालको शान्ति र स्थायित्वमा भारतको साथ: मोदीद्वारा समवेदना र शुभकामना
२०८२ असोज ०२ गते बिहिबार, काठमाडौं।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग टेलिफोन वार्ता गर्दै हालै नेपालमा भएको मानवीय क्षतिप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।
प्रधानमन्त्री मोदीले नेपालमा शान्ति र स्थायित्व पुनर्स्थापनाका लागि प्रधानमन्त्री कार्कीले गरिरहेका प्रयासहरूमा भारतको निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।
सम्बादका क्रममा भारतीय प्रधानमन्त्रीले भोलि मनाइने नेपालको संबिधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा प्रधानमन्त्री कार्की र सम्पूर्ण नेपाली जनतालाई हार्दिक शुभकामना पनि व्यक्त गरेका छन्। दुई देशका प्रधानमन्त्रीबीचको यो वार्ताले नेपाल-भारत सम्बन्धको न्यानोपन र सुदृढ साझेदारीलाई थप बल पुर्याएको छ।