संघीय संसद सचिवालयले गर्यो सामग्री फिर्ता गर्न आग्रह
२०८२ भदौ ३० गते सोमबार, काठमाडौं।
संघीय संसद सचिवालयले नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा गत २४ गते भएको आगलागी, तोडफोड तथा लुटपाटका क्रममा अनाधिकृत व्यक्तिले लागेका सामग्रीहरू फिर्ता गर्न सम्बन्धित व्यक्तिहरूसमक्ष आग्रह गरेको छ।
सचिवालयले विज्ञप्ति जारी गर्दै टेबल, कुर्सी, कम्प्युटर, प्रिन्टर, स्क्यानर, टेलिभिजन, मोनिटर, माइक, मिक्सचर, स्पिकर, फोटोकपी मेसिन, विद्युत उपकरणलगायतका सामग्रीहरू कसैले अनधिकृत रूपमा लगेको भए तुरुन्तै फिर्ता गर्न सूचित गरेको हो।
सचिवालयले यस्ता सामग्रीहरु कुनै पनि अवस्थामा आफूसँग भएको अवस्थामा फिर्ता गर्न र त्यसको जानकारी सूचना शाखामा दिन आग्रह गरेको छ। साथै, जानकारी दिने व्यक्तिको नाम गोप्य राखिने स्पष्ट गरिएको छ।