१० आश्विन २०८३, शनिबार

सुमना श्रेष्ठले छोडिन राष्ट्रिय स्वतन्त्र पार्टी

274

२०८२ भदौ २९ गते आईतबार, काठमाडौं।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको विवाद सतहमा आएको छ। सुमना श्रेष्ठले सामाजिक सञ्जालमा एउटा लामो स्टाटस पोस्ट गर्दै पार्टीभित्रको आलोचना र मिडिया ट्रायलप्रति गम्भीर असन्तुष्टि व्यक्त गरिएको छ। उक्त पोस्टमा पार्टीभित्र आलोचना गर्नेलाई मिडिया ट्रायल गर्ने प्रवृत्ति बढेको भन्दै सुमना श्रेष्ठले पार्टी छाड्ने घोषणा गरेकी छन्।

पोस्टमा भनिएको छ, “कहिलै गल्ती नस्विकार्ने, गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने। पार्टीभित्र आलोचना गर्नेहरूका विरुद्धमा मिडिया ट्रायल गर्ने। जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देश भन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेला देखि नै आलोचना गर्दै आएको हुँ। तर त्यसले कति पनि फरक पारेन। अझ उल्टै मिडिया ट्रायल हुन थाल्यो। यो स्वीकार्य छैन।”

अझ अगाडि भनिएको छ, “अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु। मनलाग्दी चलुन्जेल मलाग्दी गर्नुहोला। I QUIT. मैले पार्टी छोडें।”

यो पोस्टले रास्वपाभित्र आन्तरिक लोकतन्त्रको अभाव र आलोचनालाई सुन्न नचाहने प्रवृत्तिको संकेत गरेको छ।

कांग्रेस एमाले लगायतका पुराना पार्टीहरूलाई समेत लक्षित गर्दै पोस्टमा भनिएको छ, “कांग्रेस एमाले लगायतका पार्टीका तेस्रो पुस्ताका नेताहरू पनि यो सोच्नुहोस्। आजको दिनको परिस्थिति आउन तपाईँहरूको भन्दा बढी तपाईँहरूको नेतृत्वको व्यहोराले हो। त्यो किन बोकेर बस्नु हुन्छ? अहिले सही समय आएको छ। आफ्ना नेताहरूलाई पुजा गर्न बन्द गर्नुहोस्। कि हटाउनुहोस्, कि हट्नुहोस्।”

 

Author

Leave A Reply

Your email address will not be published.