१० आश्विन २०८३, शनिबार

जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, परिवारलाई १० लाख राहत दिने प्रधानमन्त्री कार्कीको पहिलो निर्णय

204

२०८२ भदौ २९ गते आईतबार, काठमाडौं।

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेलगत्तै जेनजी युवा आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूलाई शहीद घोषणा गर्ने र प्रत्येकका परिवारलाई १० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने र घाईतेहरुको उपचार गर्ने महत्त्वपूर्ण निर्णय गरेकी छन् ।

आज बिहान सिंहदरबारमा प्रधानमन्त्रीको पदभार ग्रहण गरेपछि प्रधानमन्त्री कार्कीले उक्त निर्णयसम्बन्धी फाइलमा हस्ताक्षर गरेकी हुन्। यो निर्णय उनको नेतृत्वको अन्तरिम सरकारको पहिलो महत्त्वपूर्ण निर्णय हो।

विभिन्न माग राख्दै आन्दोलनरत जेनजी युवा आन्दोलनका क्रममा ५० जना भन्दा बढि युवाले ज्यान गुमाएका थिए।

Author

Leave A Reply

Your email address will not be published.