१० आश्विन २०८३, शनिबार

जेन–जी आन्दोलनमा गान्धी मण्डेला फाउण्डेसनको चासो, शान्तिपूर्ण समाधानका लागि अपिल

520

२०८२ भदौ २७ गते शुक्रबार, काठमाडौं।

नेपालमा जेन–जी (Gen-Z) पुस्ताले आफ्ना माग र अधिकारका लागि गरेको आन्दोलनमा देखिएको घटनाक्रमप्रति गान्धी मण्डेला फाउण्डेसन नेपालले गहिरो दुःख व्यक्त गरेको छ। फाउण्डेसनका नेपाल प्रतिनिधि टायम कट्टेलले एक अपिल जारी गर्दै सबै पक्षलाई संयमित, जिम्मेवार र संवेदनशील भएर अघि बढ्न आग्रह गरेका छन्।

फाउण्डेसनले लोकतान्त्रिक समाजमा युवापुस्ताको आवाजलाई सम्मानपूर्वक सुन्नु राज्य, राजनीतिक दल र सरोकारवालाको कर्तव्य भएकोमा जोड दिएको छ। विगतका दिनमा भएका असमझदारी, हिंसात्मक झडप र अशान्तिपूर्ण अवस्थाप्रति फाउण्डेसनले चिन्ता व्यक्त गरेको छ।

अपीलमा असन्तुष्टिलाई हिंसा वा दमनबाट नभई संवाद, सहकार्य र आपसी विश्वासमार्फत समाधान गर्नुपर्नेमा जोड दिइएको छ। गौतम बुद्ध, गान्धी र मण्डेलाका विचार तथा आदर्शले अहिंसा, शान्ति, मेलमिलाप र सामाजिक न्यायको बाटोमा अघि बढ्न प्रेरित गरेको स्मरण गराउँदै, फाउण्डेसनले नेपाल सरकार, विपक्षी दल, नागरिक समाज, युवा र सम्पूर्ण सरोकारवालालाई शान्तिपूर्ण समाधान खोज्न आग्रह गरेको छ।

फाउण्डेसनले नेपालको भविष्य जेन–जी पुस्ताको हातमा सुरक्षित रहेको र उनीहरूको सशक्त सहभागिता, सिर्जनशीलता र ऊर्जा राष्ट्र निर्माणमा सकारात्मक ढङ्गले प्रवाहित हुने विश्वास व्यक्त गर्दै गान्धी मण्डेला फाउण्डेसनले शान्तिपूर्ण सहअस्तित्व, पारदर्शिता र सहकार्यको वातावरण सुदृढ गर्न निरन्तर प्रतिबद्ध रहने प्रतिबद्धता व्यक्त गरेको छ।

Author

  • बिनोद प्रसाद पौडेल राष्ट्रको सञ्चार अनलाईनको डेक्स इडिटर तथा सम्बाददाताको रुपमा कार्यरत हुनुहुन्छ।

    View all posts
Leave A Reply

Your email address will not be published.