१० आश्विन २०८३, शनिबार

कारागारबाट भागेका कैदीबन्दीलाई सम्पर्कमा आउन प्रहरीको अनुरोध

185

२०८२ भदौ २६ गते बिहिबार, काठमाडौं।

हालै जेनजी समुहको प्रदर्शनहरूको क्रममा नेपाल प्रहरीका विभिन्न कार्यालय र इकाईहरू तथा कारागार कार्यालयहरूमा तोडफोड भएको हुँदा आगजनी पश्चात् अनुसन्धानका क्रममा केही व्यक्तिहरूलाई प्रहरीले हिरासतमा लिएको छ।

अदालतबाट तोकिएको सजाय भुक्तान गर्न कारागारमा रहेका कैदी बन्दीहरू फरार भएका हुँदा सम्बन्धी जिल्लाका जिल्ला प्रहरी कार्यालय, स्थानीय प्रहरी इकाई तथा अन्य सुरक्षा निकायका स्थानीय कार्यालयहरूमा समेत यथाशीघ्र सम्पर्कमा आउन कैदिबन्दिलाई अनुरोध गरिएको छ।

Author

Leave A Reply

Your email address will not be published.