१० आश्विन २०८३, शनिबार

राष्ट्रपति पौडेलद्वारा सबै पक्षलाई शान्ति र सहमतिको लागि अपिल

222

२०८२ भदौ २६ गते बिहिबार, काठमाडौं।

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको विद्यमान विषम परिस्थितिमा शान्ति–सुरक्षाको अवस्था कायम गर्न र समस्या समाधानका लागि सबै पक्षलाई सहमतिको बाटो अपनाउन अपिल गर्नुभएको छ।

आज राष्ट्रका नाममा जारी सन्देशमा उहाँले आन्दोलनकारी नागरिकहरूको माग सम्बोधन गर्न छिटो समाधान खोज्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले संविधानिक दायरामा रहेर लोकतन्त्रको संरक्षण तथा मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न सकिने विश्वास व्यक्त गर्दै त्यसका लागि निरन्तर प्रयास भइरहेको बताउनुभयो।

“सहमतिपूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सबै पक्षलाई सहयोग गर्न अपिल गर्दछु,” राष्ट्रपति पौडेलले भन्नुभएको छ।

Author

Leave A Reply

Your email address will not be published.