पोखराको सहिदचोक आसपासको क्षेत्रमा अनिस्चितकालिन निषेधाज्ञा जारी
२०८२ भदौ २३ गते सोमबार, काठमाडौं।
जेन–जीको प्रदर्शन अनियन्त्रित बनेपछि कास्की प्रशासनले पोखरा महानगरपालिकामा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।
कास्की जिल्ला प्रशासन कार्यालयले पोखरा महानगरपालिका क्षेत्रभित्र हुने प्रदर्शन, जुलुस, हुलदंगा तथा झडप आदि कारण प्रतिकूल अवस्था सिर्जना भई शान्ति सुरक्षामा बाधा पुग्न सक्ने सम्भावनालाई दृष्टिगत गर्दै सहिदचोक आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।
आज दिउँसो २ बजे देखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा लागू हुने बताइएको छ।
