११ आश्विन २०८३, आईतवार

काठमाडौंमा लगाईयो कर्फ्यु

195

२०८२ भदौ २३ गते सोमबार, काठमाडौं।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले एक निषेधाज्ञा जारी गरेको छ। जेनजीहरूको प्रदर्शन नियन्त्रणभन्दा बाहिर गएपछि कर्फ्यू लगाइएको हो । आज दिउँसो १२:३० बजेदेखि सोही दिन राती १० बजेसम्मका लागि जारी गरिएको यो आदेशले काठमाडौं महानगरपालिकाभित्रका देहायका चार किल्ला तोकी सो सीमानाभित्र कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरेको छ।

कर्फ्यू आदेश जारी गरिएका बानेश्वर क्षेत्रहरू यस प्रकार छन्:
बानेश्वर चोकदेखि पश्चिम एभरेस्ट होटल हुँदै बिजुलीबजार पुलसम्म,
बानेश्वर चोकदेखि पूर्व मिन भवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म,
बानेश्वर चोकदेखि उत्तर आइओएम चोक हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म,
बानेश्वर चोकदेखि दक्षिण शंखमूल ओरालो हुँदै शंखमूल पुलसम्म।

 

Author

Leave A Reply

Your email address will not be published.