११ आश्विन २०८३, आईतवार

एनसेलले दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्ममा रोक लगाउने, टिकटक र भाइबर भने चल्ने

205

२०८२ भदौ १९ गते बिहिबार, काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रिस्तरीय बैठकको निर्णय तथा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू निष्क्रिय पार्न निर्देशन दिएपछि एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकहरूलाई महत्वपूर्ण जानकारी गराएको छ।

एनसेलले जारी गरेको सूचना अनुसार, अब एनसेलको इन्टरनेट सेवाबाट पनि नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू नचल्ने भएका छन्। कम्पनीले यसबाट पर्न जाने असुविधाप्रति अग्रिम क्षमाप्रार्थी समेत व्यक्त गरेको छ।

यद्यपि, कम्पनीले टिकटक र भाइबर लगायत अन्य दर्ता भइसकेका सामाजिक सञ्जाल प्लेटफर्महरू भने एनसेलको डाटा सेवामार्फत चलाउन सकिने जानकारी गराएको छ।

Author

Leave A Reply

Your email address will not be published.