११ आश्विन २०८३, आईतवार

डा. शेखर कोइरालाद्वारा सामाजिक सञ्जाल बन्द गर्ने सरकारी कदमको कडा निन्दा

378

२०८२ भदौ १९ गते बिहिबार, काठमाडौं ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जनचाहना र आफ्नै प्रतिबद्धता अनुसार काम गर्न नसकेपछि आलोचनाको शिकार भएको सरकारले अदालतको आदेशलाई बहाना बनाएर सामाजिक सञ्जाल बन्द गर्ने प्रयास गरेको भन्दै त्यसको घोर आपत्ति जनाएका छन्। उनले सरकारको यस कदमलाई “घोर आपत्तिजनक” भनेका छन्।

आज एक फेसबुक स्टाटसमार्फत डा. कोइरालाले सरकारको यो निर्णयले कति नेपालीको रोजिरोटी खोसिनेछ भन्ने कुराको सरकारले अनुमान लगाउन सकेको छ कि छैन भन्दै प्रश्न उठाएका छन्। उनले सरकारलाई यस्तो कदम तत्काल सच्याउन र सामाजिक सञ्जाललाई मर्यादित गर्ने गरी नियमन गर्न आग्रह गरेका छन्।

Author

Leave A Reply

Your email address will not be published.