१० आश्विन २०८३, शनिबार

प्रहरी महानिरीक्षक खापुङ्गद्वारा कर्मचारीलाई जिम्मेवारी र व्यावसायिकतामा जोड

171

२०८२ भदौ १९ गते बिहिबार, काठमाडौं ।

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले नेपाल प्रहरीको दीर्घकालीन विकास, व्यावसायिकता र प्रतिष्ठा बढाउन नेतृत्वदेखि जवानसम्म सकारात्मक सोच, सक्रियता र उत्तरदायित्व आवश्यक भएको बताएका छन्।

नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित समारोहमा सम्बोधन गर्दै उहाँले फौजदारी न्याय प्रणालीको मुख्य अंगको रूपमा नेपाल प्रहरीले अपराध रोकथाम, अनुसन्धान, शान्ति सुरक्षा, ट्राफिक व्यवस्थापन र विपद् व्यवस्थापनमा राज्यको पहिलो प्रतिनिधिको रूपमा जिम्मेवारी निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो।

उहाँले सामाजिक सञ्जाल, वित्तीय अपराध, साइबर अपराध, लागूऔषध र मानव बेचबिखन जस्ता जटिल अपराधमा संवेदनशील र कानूनी प्रभावकारी ढंगले कार्य गर्नुपर्नेमा जोड दिनुभयो। साथै, दक्ष जनशक्ति विकास, प्रशिक्षण र प्रविधिको व्यवस्थापन प्राथमिकता रहेको बताउनुभयो।

खापुङ्गले गैरव्यावसायिक गतिविधिमा संलग्न कर्मचारीविरुद्ध शून्य सहनशीलताको नीति लागू गर्ने प्रतिबद्धता व्यक्त गर्दै राष्ट्र र नागरिक सेवामा निजी स्वार्थ भन्दा माथि उठेर जिम्मेवारी निर्वाह गर्न निर्देशन दिनुभयो।

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक, नायव महानिरीक्षक, वरिष्ठ अधिकृत, प्रदेश कार्यालयका प्रमुख, तालिम केन्द्रका प्रमुख र अन्य प्रहरी अधिकारीहरूको भर्चुअल उपस्थिति रहेको थियो।

Author

Leave A Reply

Your email address will not be published.