१० आश्विन २०८३, शनिबार

काठमाडौंमा लागूऔषधसहित तीन जना पक्राउ

198

२०८२ भदौ १९ गते बिहिबार, काठमाडौं।

काठमाडौं उपत्यकामा लागूऔषध कारोबारमा संलग्न तीन जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूको साथबाट गाँजाको धुलो र खैरो हेरोइन जस्तो देखिने पदार्थ बरामद गरेको छ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–१५ बस्ने र मकवानपुर थाहा नगरपालिका–७ घर भएका ४३ वर्षीय अशोक रुम्बालाई स्वयम्भूस्थित कोठाबाट १ किलो ३६४ ग्राम गाँजाको धुलो (पोल्यान्ड) जस्तो देखिने पदार्थसहित पक्राउ गरिएको हो। प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले बुधबार साँझ कोठा तलासी गर्ने क्रममा उक्त लागूऔषध बरामद गरेको हो।

यस्तै, काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित क्षेत्रबाट ४ ग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धादिङ घर भई बालाजु बस्ने ३५ वर्षीय कौशल लामगाढे र बारा कलैया उपमहानगरपालिका–३ घर भई असन बस्ने २७ वर्षीय रवि शाह रहेका छन्। उनीहरूलाई प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले बुधबार बेलुकी नियन्त्रणमा लिएको हो।

पक्राउ परेका तीनै जनामाथि आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

Author

Leave A Reply

Your email address will not be published.