अब मध्यरातमा फ्लस बजाउँदा पनि ‘अपराध’, पखाला लागे के गर्न्नी ?
२०८२ भदौ १९ गते बिहिबार, काठमाडौं।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले “शान्त तथा अवरोधमुक्त छिमेकि अभियान” सुरु गर्दै राति अनावश्यक हल्ला नगर्न चेतावनी दिएको छ। तर, सूचनाको तेस्रो बुँदा पढेपछि धेरैले मुस्कुराउन बाध्य भएका छन्। भने प्रहरीका यस्ता आग्रह हास्यादमक बनेका छन्।
सूचनामा स्पष्ट भनिएको छ – राति अबेर शौचालयमा फ्लस गर्दा हुने ठूलो आवाज कम गर्नुपर्नेछ। यसको मतलब शौच गर्ने निषेध गरिएको आभास हुने गरि प्रहरीको आग्रह छ।
अब प्रश्न उब्जिएको छ – “मध्यरातमा पेट दुखे, पखाला लागे शौच जानै पर्छ अब के फ्लस नगरी बस्ने ?” कतिपयले फेसबुक तथा सामाजिक संजालमा यस्ता बिषयलाई मजाकका रुपमा उडाईएका छन् । यो सूचनाले सामाजिक सञ्जालमा भने राम्रै हाँसो र मजाक जन्माएको छ।
यो संगसंगै प्रहरीले अन्य बिषयमा पनि सजक र सचेत हुनु ध्वनि नियन्त्रण गर्न आग्रह गरेको छ।
हेर्नुस सूचना :
