११ आश्विन २०८३, आईतवार

अर्घाखाँचीमा श्रीमतीको हत्या आरोपमा पति पक्राउ

198

२०८२ भदौ १७ गते मंगलबार, काठमाडौं।

अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका–४ पातलेका ३६ वर्षीय किरण गुरूङलाई आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार सोमबार राति आफ्नी ३४ वर्षीया श्रीमती सुमित्रा कुमाल गुरूङको हत्या गरेको अभियोगमा किरणलाई पक्राउ गरिएको हो।

सुनित्राको हत्या भएको भन्ने जानकारी प्राप्त भएपछि प्रहरी चौकी वल्कोटबाट खटिएको टोलीले खोजतलास गर्ने क्रममा उनको शव घरको भान्सा कोठामा खाडल खनेर गाडिएको अवस्थामा फेला पारेको थियो।

यस घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

Author

Leave A Reply

Your email address will not be published.