१० आश्विन २०८३, शनिबार

खोटाङको विद्यालय भवन भ्रष्टाचार प्रकरणमा ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा

213

२०८२ भाद्र १५ गते आइतबार, काठमाडौं।

खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–४ स्थित श्री लक्ष्मी माध्यमिक विद्यालय, बडहरेमा भवन निर्माणका नाममा भएको भ्रष्टाचार प्रकरणमा विशेष अदालत काठमाडौंमा ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

आर्थिक वर्ष २०७१/०७२ मा ३० लाख लागतमा चार कोठे आरसीसी भवन निर्माणका लागि सम्झौता भए पनि फिल्डमा करिब २.७२ लाख बराबरको मात्र काम भएको प्राविधिक प्रतिवेदनले देखाएपछि रकम हिनामिनाको प्रमाण फेला परेको हो।

जिल्ला शिक्षा कार्यालय खोटाङका तत्कालीन शिक्षा अधिकारी, लेखा अधिकृत, लेखापाल, सव–इन्जिनियर, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू, प्रधानाध्यापक, लेखापाल र भवन निर्माणका ठेकेदार गरी ११ जनामाथि भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम कैद र जरिवाना सजायको माग दाबी गरिएको आयोगले जनाएको छ।

आरोपपत्रअनुसार, चौबीस लाख रुपैयाँ निकासा भए पनि भवन निर्माण नभएको अवस्थामा झुट्टा बिल, भरपाई र प्राविधिक प्रतिवेदनमार्फत रकम भुक्तानी गरिएको प्रमाणित भएको हो।

प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, सो प्रकरणमा संलग्न सबैमाथि बिगो असुलसहित कानूनी कारबाहीको माग दाबी गरिएको छ।

Author

Leave A Reply

Your email address will not be published.