११ आश्विन २०८३, आईतवार

सुनको मूल्यमा नँया रेकर्ड

238

२०८२ भाद्र १५ गते आइतबार, काठमाडौं।

आज (आइतबार) सुनचाँदीको हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य (२४ क्यारेट सुन) तोलाको २,०३,६०० रुपैयाँ कायम गरिएको छ। त्यस्तै, चाँदीको मूल्य तोलाको २,४२५ रुपैयाँ तोकिएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा त्यसको प्रभाव नेपाली बजारमा समेत देखिएको हो। धेरैजसो सुनचाँदी मूल्य अमेरिकी डलरको विनिमय दर र अन्तर्राष्ट्रिय बजारमा माग–आपूर्तिको उतारचढावले नेपाली बजारमा पनि प्रत्यक्ष असर पर्ने गरेको छ।

Author

Leave A Reply

Your email address will not be published.