१० आश्विन २०८३, शनिबार

नयाँबजारबाट ११ जना जुवाडे पक्राउ, साढे तीन लाख नगद बरामद

225

२०८२ भाद्र १३ गते शुक्रबार, काठमाडौं।

काठमाडौं महानगरपालिका-१७, नयाँबजार नर्सरी चोकस्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा ११ जनालाई प्रहरीले बिहीबार राति पक्राउ गरेको छ। पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका-८ घर भएका ४२ वर्षीय रूपचन्द्र श्रेष्ठ लगायतका व्यक्तिहरू रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त लैनचौरबाट खटिएको संयुक्त प्रहरी टोलीले जुवाडेहरूलाई नगद ३ लाख ५९ हजार रूपैयाँ र ५८ बुक ताससहित नियन्त्रणमा लिएको हो।

Author

Leave A Reply

Your email address will not be published.