११ आश्विन २०८३, आईतवार

काभ्रेका रवि लामा काठमाडौंमा पक्राउ

332

२०८२ भाद्र १३ गते शुक्रबार, काठमाडौं।

सामाजिक सञ्जालको दुरुपयोग गरी ठगी धन्दा चलाउँदै आएका २७ वर्षीय रवि लामालाई प्रहरीले काठमाडौंको चाबहिल गणेशस्थानबाट पक्राउ गरेको छ। काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका-८ घर भई हाल कपनमा बस्दै आएका लामाले फेसबुक, ह्वाट्सएप, टिकटक लगायतका सामाजिक सञ्जालमा नक्कली आईडी बनाएर सर्वसाधारणलाई ठगी गर्ने गरेको पाइएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई बुधबार पक्राउ गरेको हो। लामाले सामाजिक सञ्जालमार्फत मानिसहरूसँग मित्रता गाँसी उपचारमा सहयोग गर्ने, रोजगारी मिलाइदिने जस्ता झुठा आश्वासन दिने र विभिन्न प्रलोभनमा पारेर रकम ठगी गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।

पक्राउ परेका लामालाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

Author

Leave A Reply

Your email address will not be published.