१२ आश्विन २०८३, सोमबार

जाजरकोट भेरी नगरपालिकाको ठेक्का प्रक्रियामा अनियमितता : विशेष अदालतमा आरोपपत्र

257

२०८२ भाद्र १२ गते बिहिबार, काठमाडौं।

भेरी नगरपालिका, जाजरकोटले आ.व. २०८०/८१ मा वडा नं. ६, ९ र १० का वडा कार्यालय भवन निर्माण ठेक्का प्रक्रियामा सार्वजनिक खरिद ऐन तथा नियमावली विपरीत अनियमितता गरेको ठहर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार मूल्याङ्कनका क्रममा **Ranjit Ranjan Construction Pvt. Ltd.**, **Siddhi Bahan/Y.K.J.V.** र **Saikumari Engineering Consultancy Pvt. Ltd.** लाई बदनियतपूर्ण ढंगले असफल बनाई लक्षित कम्पनी **New BK/Nahakuli JV** लाई ठेक्का दिन मिलेमतो गरिएको पाइयो। यसरी न्यून कबोल गर्ने कम्पनीलाई असफल पार्दा करिब **रु. ३६ लाख २० हजार ५७८** बराबर सरकार र नगरपालिकाको सम्पत्ति हिनामिना भएको आयोगले जनाएको छ।

यस प्रकरणमा संलग्न भेरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्ती, इन्जिनियर मोहन मल्ल, कानून अधिकृत प्रकाश कुमार शाही, सामाजिक विकास अधिकृत अनिस साह, लेखापाल राजेन्द्र बहादुर कठायत, जिन्सी शाखा प्रमुख कृति बहादुर थापा लगायतलाई **भ्रष्टाचार निवारण ऐन, २०५९** बमोजिम कैद र जरिवाना हुने गरी बिगो असूल उपर गर्ने मागसहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।

त्यस्तै, ठेक्का प्राप्त गर्ने कम्पनी **New BK/Nahakuli JV** का साझेदार गंगा कुमारी खड्का (New BK Builders and Suppliers) र चित्र बहादुर बोहरा (Nahakuli Nirman Sewa) लाई समेत गैरकानूनी लाभ लिएको मतियार ठहर गर्दै आयोगले सजायको मागसहित आरोपपत्र दायर गरेको छ।

Author

Leave A Reply

Your email address will not be published.