कवाड व्यवसायीको आन्दोलन जारी, बालेन शाहविरुद्ध नाराबाजी
२०८२ भाद्र १२ गते बिहिबार, काठमाडौं।
काठमाडौं महानगरपालिकाको ‘ज्यादती’ विरुद्ध कवाड व्यवसायीहरूले आज बिहीबार तेस्रो दिन पनि आन्दोलन जारी राखेका छन्। झरीमा रुझ्दै महानगर कार्यालय पुगेका व्यवसायीहरूले मेयर बालेन्द्र शाहविरुद्ध चर्का नाराबाजी गरेका हुन्।
उच्च अदालत पाटनको आदेश विपरीत काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले कवाड व्यवसायीहरूमाथि ज्यादती गरेको भन्दै उनीहरू आन्दोलित भएका हुन्। उनीहरूको मुख्य माग उच्च अदालतको आदेश पालना हुनुपर्ने र कवाड व्यवसायीहरूलाई शान्तिपूर्ण वातावरणमा व्यवसाय गर्न दिनुपर्ने रहेको छ।
आफूहरूको माग पूरा नभएसम्म आन्दोलन जारी रहने कवाड व्यवसायीहरूले बताएका छन्।
स्मरण रहोस्, काठमाडौं महानगरपालिकाले शहरी क्षेत्रमा रहेका कवाड भण्डारण र प्रशोधन उद्योगहरूलाई स्थानान्तरण गर्न खोजेको छ। उच्च अदालत पाटनले भदौ ६ गते महानगरपालिकालाई तत्काल कवाडी व्यवसाय नहटाउन अन्तरिम आदेश दिएको थियो।