१२ आश्विन २०८३, सोमबार

काठमाडौंको अन्नपूर्ण चोकबाट ९ जुवाडे पक्राउ, २ लाखभन्दा बढी नगद बरामद

222

२०८२ भदौ ११ गते बुधबार, काठमाडौं।

काठमाडौं। काठमाडौं महानगरपालिका-१५, अन्नपूर्ण चोकस्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार साँझ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उनीहरूलाई जुवा खेलिरहेको अवस्थामा रंगेहात पक्राउ गरेको हो।

समानगरपालिका-१८ बस्ने ४५ वर्षीय राजु नापितसहित ९ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट नगद २ लाख २१ हजार १ सय ४५ रुपैयाँ र १० बुक तास बरामद भएको छ।
प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।

Author

Leave A Reply

Your email address will not be published.