नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालालाई अमेरिकाद्वारा अत्याधुनिक प्रविधि हस्तान्तरण
२०८२ भदौ ११ गते बुधबार, काठमाडौं।
नेपालस्थित अमेरिकी दूतावासले नेपाल प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशाला, सामाखुशीलाई Combined DNA index system (CODIS)- DNA Software र Radian Atmospheric Pressure Solids Analysis Probe (ASAP) Mass Spectrometer- Drug Detection Instrument हस्तान्तरण गरेको छ।
प्रहरी महानिरीक्षक दिपक थापाको उपस्थितिमा बुधबार आयोजित कार्यक्रममा यो प्रविधि हस्तान्तरण गरिएको हो।
प्रहरी महानिरीक्षक थापाले यस अवसरमा बोल्दै हस्तान्तरण गरिएका आधुनिक उपकरणहरूले केन्द्रीय विधिविज्ञान प्रयोगशालाको क्षमता अभिवृद्धि गर्ने र सेवालाई अझ छिटो, छरितो तथा वैज्ञानिक बनाउने विश्वास व्यक्त गरे। उनले CODIS प्रणालीले फोरेन्सिक डीएनए विश्लेषण क्षमतालाई अन्तर्राष्ट्रिय मापदण्डमा पुर्याउने र Radian ASAP Mass Spectrometer ले लागूऔषधको स्क्रिनिङमा सहयोग पुर्याउने बताए।
अमेरिकान राजदूत डिन आर थम्पसनले पनि यस प्रविधिले अपराध अनुसन्धान र हराएका व्यक्तिको पहिचानमा महत्वपूर्ण योगदान पुर्याउने बताए।
नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेको यस कार्यक्रममा दुवै पक्षका वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो।