अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी ठाकुर विक पक्राउ
२०८२ भदौ ११ गते बुधबार, काठमाडौं।
अपहरण तथा शरीर बन्धक कसूर मुद्दामा फरार रहेका अर्जुनचौपारी गाउँपालिका-५ बस्ने ३८ वर्षीय ठाकुर विकलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ।
उच्च अदालत पोखरा, कास्कीको २०७० चैत १८ गतेको फैसलाले विकलाई उक्त मुद्दामा २ वर्ष ९ महिना ५ दिन कैद र २५ हजार रुपैयाँ जरिवाना तोकेको थियो। फैसलापछि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको टोलीले कास्कीको छोरेपाटनबाट नियन्त्रणमा लिएको हो।
पक्राउ परेका विकलाई आवश्यक फैसला कार्यान्वयनका लागि जिल्ला अदालत स्याङ्जामा पेश गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।