१२ आश्विन २०८३, सोमबार

प्रहरी सेवा प्रभावकारी बनाउन आईजीपी र विभागीय प्रमुखहरूबीच कार्यसम्पादन सम्झौता

260

२०८२ भदौ ०८ गते आईतबार, काठमाडौं।

नेपाल प्रहरीले आफ्नो सेवा प्रवाहलाई थप प्रभावकारी र नतिजामुखी बनाउने उद्देश्यले नयाँ आर्थिक वर्ष २०८२/८३ का लागि कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरेको छ। प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाको उपस्थितिमा आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा उक्त सम्झौतामा हस्ताक्षर भएको हो।

कार्यक्रममा नेपाल प्रहरी कार्ययोजना-२०८० तथा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति समीक्षा समेत गरिएको थियो। सो अवसरमा आईजीपी थापाले गत वर्षको कार्यप्रगति सन्तोषजनक रहेको बताउँदै नयाँ सम्झौताका लक्ष्यहरू हासिल गर्न सुरुदेखि नै एकजुट भएर लाग्न निर्देशन दिनुभयो। उहाँले प्रहरी सेवालाई चुस्त र प्रभावकारी बनाउन यस्तो सम्झौताले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

नयाँ कार्यसम्पादन सम्झौतामा प्रहरी महानिरीक्षक थापा र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, काठमाडौं उपत्यका प्रहरी कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लगायत विभिन्न महत्त्वपूर्ण विभागका प्रमुखहरू तथा सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूबीच हस्ताक्षर भएको हो।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक दिपक रेग्मीले वार्षिक प्रगतिबारे प्रस्तुतीकरण दिनुभएको थियो। कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरूको भौतिक तथा प्रदेश र जिल्लास्तरका प्रहरी प्रमुखहरूको भर्चुअल उपस्थिति रहेको थियो।

Author

Leave A Reply

Your email address will not be published.