१२ आश्विन २०८३, सोमबार

भारत लैजान लागेका ३ जनाको उद्धार, मानव बेचबिखनमा संलग्न महिला पर्साबाट पक्राउ

318

२०८२ भाद्र ०५ गते बिहिबार, काठमाडौं।

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएको आरोपमा प्रहरीले गोरखाकी एक महिलालाई पर्साबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोरखा नगरपालिका-४ घर भएकी २८ वर्षीया सरिता सिर्मल रहेकी छन्। उनको साथबाट प्रहरीले बेचबिखन हुनबाट तीन जना पीडितलाई समेत सकुशल उद्धार गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, सिर्मलले पीडितहरूलाई विभिन्न प्रलोभनमा पारी हेटौंडाबाट वीरगञ्ज हुँदै भारतको रक्सौलतर्फ लैजान लागेको अवस्थामा मंगलबार दिउँसो वीरगञ्ज महानगरपालिका-१६ स्थित शंकराचार्य गेटबाट पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी इनर्वाबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिन सफल भएको हो।

पक्राउ परेकी सिर्मलविरुद्ध मानव बेचबिखन तथा ओसारपसार कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ। उद्धार गरिएका पीडितहरूलाई आवश्यक संरक्षण र परामर्शको प्रक्रिया सुरु गरिएको छ।

Author

Leave A Reply

Your email address will not be published.