१२ आश्विन २०८३, सोमबार

चक्कु प्रहारबाट एकको मृत्यु, एक घाइते

223

२०८२ भदौ ०३ गते मंगलबार, काठमाडौं।

रूपन्देहीको देवदह नगरपालिकामा सामान्य विवादका क्रममा चक्कु प्रहार हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक व्यक्ति घाइते भएका छन्।

देवदह नगरपालिका-४, प्रगतिटोलका ३८ वर्षीय सन्त बहादुर कुमालको हत्या गरेको अभियोगमा प्रहरीले सोही ठाउँका १९ वर्षीय सुदिप जैसीलाई गए राति पक्राउ गरेको छ।

प्रहरीका अनुसार, जैसीले विवादका क्रममा सन्त बहादुर र उनका भाइ १९ वर्षीय सुमन कुमालमाथि चक्कु प्रहार गरेका थिए। चक्कु प्रहारबाट गम्भीर घाइते भएका दुवै दाजुभाइलाई उपचारका लागि देवदह मेडिकल कलेज, भलुही लगिएको थियो। उपचारकै क्रममा सन्त बहादुरको मृत्यु भएको हो।

घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले अभियुक्त जैसीलाई पक्राउ गरेको हो। घाइते सुमन कुमालको उपचार भइरहेको छ।

पक्राउ परेका जैसीमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Author

Leave A Reply

Your email address will not be published.