१२ आश्विन २०८३, सोमबार

मधेश प्रदेश प्रहरीको नयाँ भवन उद्घाटन, सीमा अपराध नियन्त्रण गर्न प्रधानमन्त्रीको निर्देशन

334

२०८२ साउन ३० गते शुक्रबार, काठमाडौं।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्नुभएको छ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खुल्ला सिमानाको फाइदा उठाउँदै हुने आपराधिक गतिविधि, लागूऔषध कारोबार र राजस्व चुहावट नियन्त्रण गर्न प्रहरीलाई कडा निर्देशन दिनुभयो। उहाँले प्रहरीलाई जनताको सेवकको भावनाले काम गर्न आग्रह गर्दै नयाँ भवनले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले नयाँ भवनले प्रहरी सेवालाई सहज बनाउने बताउनुभयो भने प्रहरी महानिरीक्षक दिपक थापाले सुविधासम्पन्न भवनले प्रहरी कर्मचारीको मनोबल बढाउने उल्लेख गर्नुभयो।

मधेश प्रदेश सरकारको करिब २३ करोड ५५ लाख रुपैयाँको लागतमा यो भवन निर्माण भएको हो।

Author

Leave A Reply

Your email address will not be published.