बागमती सरकारले पायो पूर्णता, ५ मन्त्री थपिए
२०८२ साउन ३० गते शुक्रबार, काठमाडौं।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शुक्रबार ५ जना मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्। नवनियुक्त सबै मन्त्री नेपाली कांग्रेसका हुन्।
यो विस्तारसँगै बागमती प्रदेशको मन्त्रिपरिषद् १४ सदस्यीय बनेको छ। २० साउनमा ८ मन्त्री नियुक्त गरेका बानियाँले दोस्रो चरणमा मन्त्रिपरिषद् विस्तार गरेका हुन्।
नयाँ गठबन्धनअनुसार, सरकारमा मुख्यमन्त्रीसहित कांग्रेसले ७ र नेकपा एमालेले ६ वटा मन्त्रालयको जिम्मेवारी पाएका छन्। निवर्तमान मुख्यमन्त्रीले एउटा मन्त्रालय फुटाएर १४ पुर्याएपछि कांग्रेसले थप एक मन्त्रालय पाएको हो।
थपिएका नयाँ मन्त्रीहरू:
- कञ्चनचन्द्र बादे (काभ्रे): सामाजिक विकास मन्त्री
- प्रभात तामाङ (रसुवा): आर्थिक मामिला तथा योजना मन्त्री
- उर्मिला केसी नेपाल (ललितपुर): युवा तथा खेलकुद मन्त्री
- सुरेश श्रेष्ठ (भक्तपुर): संस्कृति तथा पर्यटन मन्त्री
- बिनु रायमाझी पौडेल (चितवन): सहकारी तथा गरिबी निवारण मन्त्री