१२ आश्विन २०८३, सोमबार

टोखाबाट लागूऔषधसहित काभ्रे रोशीका एकजना पक्राउ

336

२०८२ साउन ३० गते शुक्रबार, काठमाडौं।

काठमाडौंको टोखा नगरपालिका-७ बाट प्रहरीले नियन्त्रित लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रे रोशी गाउँपालिका-१ घर भई हाल काठमाडौं बौद्ध नयाँबस्ती बस्ने ३२ वर्षीय विजय तामाङ रहेका छन्।

प्रहरी प्रभाग तिलिङ्गटारबाट खटिएको टोलीले तामाङलाई बिहीबार साँझ पक्राउ गरेको हो। उनको साथबाट प्रहरीले नाइट्राभेट १ सय ६२ ट्याब्लेट, डाईजेपाम २८ एम्पुल, नोर्फिन ९० एम्पुल र फेनारगन ३५ एम्पुल बरामद गरेको छ।
पक्राउ परेका तामाङमाथि लागूऔषध नियन्त्रण ऐनअनुसार थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Author

Leave A Reply

Your email address will not be published.