१२ आश्विन २०८३, सोमबार

१६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

293

२०८२ साउन ३० गते शुक्रबार, काठमाडौं।

१६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले सुर्खेतबाट एकजनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका-८ मा बस्दै आएका कैलाली, धनगढी उपमहानगरपालिका-३ का ४२ वर्षीय राजकुमार चौधरीलाई बिहीबार दिउँसो पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, पीडित पक्षले दिएको उजुरीका आधारमा खटिएको प्रहरी टोलीले चौधरीलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका चौधरीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Author

Leave A Reply

Your email address will not be published.