१२ आश्विन २०८३, सोमबार

गुण्डा नाइके ‘चक्रे मिलन’ लाई ३० हजार धरौटीमा छाड्न अदालतको आदेश

235

२०८२ साउन २८ गते बुधबार, काठमाडौं।

आपराधिक गतिविधिमा संलग्न रहेको अभियोगमा पक्राउ परेका गुण्डा नाइके भनेर चिनिने मिलन गुरुङ उर्फ ‘चक्रे मिलन’ लाई जिल्ला अदालत, काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको छ।

अदालतले गुरुङलाई ३० हजार रुपैयाँ धरौटी लिएर थुना बाहिरैबाट मुद्दाको पुर्पक्ष गर्न दिन आदेश जारी गरेको हो। केही दिनअघि नेपाल प्रहरीले उनलाई काठमाडौंबाट पक्राउ गरी सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्दा चलाएको थियो।

‘चक्रे मिलन’ राजधानीमा गुण्डागर्दी र आपराधिक गतिविधिमा लामो समयदेखि संलग्न रहँदै आएका व्यक्ति हुन्। उनी यसअघि पनि पटक-पटक पक्राउ पर्ने र छुट्ने गर्दै आएका छन्। धरौटी रकम बुझाएलगत्तै उनी थुनामुक्त हुनेछन्।

Author

Leave A Reply

Your email address will not be published.