१३ आश्विन २०८३, मंगलवार

रास्वपा महामन्त्री दाबी गर्ने मुकुल ढकालको रिट सर्वोच्चद्वारा खारेज

347

२०८२ साउन २७ गते मंगलबार, काठमाडौं।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक महामन्त्री मुकुल ढकालले आफ्नो पद बहालीको माग गर्दै दायर गरेको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरिदिएको छ।

न्यायाधीशद्वय नहकुल सुवेदी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले मंगलबार ढकालको मागदाबी नपुग्ने ठहर गर्दै रिट खारेज गरेको हो। ढकालले आफूलाई पार्टीले हटाउने निर्णय अवैधानिक भएको जिकिर गर्दै महामन्त्रीको हैसियतमा काम गर्न पाउनुपर्ने माग राखेका थिए।

पार्टी हितविपरीत गतिविधि गरेको भन्दै रास्वपाले गत असार २६ गते उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो। ढकाल पार्टीका संस्थापक महामन्त्री तथा प्रवक्ता थिए।

Author

Leave A Reply

Your email address will not be published.