१२ आश्विन २०८३, सोमबार

महाकाली नदीमा नुहाउँदा दुई बालिका बेपत्ता

284

२०८२ साउन २५ गते आइतबार, काठमाडौं।

कञ्चनपुरको महाकाली नदीमा नुहाउने क्रममा आइतबार दिउँसो दुई बालिका बेपत्ता भएका छन्। भीमदत्त नगरपालिका-११ स्थित नदी किनारमा नुहाउन गएका उनीहरू नदीको बहावले बगाएर बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, बेपत्ता हुनेमा भीमदत्त नगरपालिका-११ की अन्दाजी ७ वर्षीया जीविका पन्त र ६ वर्षीया पानवी पन्त रहेका छन्। उनीहरू अन्य दुई बालबालिकासहित चार जनाको समूहमा दिउँसो करिब १ बजेतिर नुहाउनका लागि नदीमा गएका थिए।

घटनाको जानकारी पाउनासाथ प्रहरीको टोली घटनास्थल पुगेर खोजी कार्य सुरु गरेको थियो। अहिले बेपत्ता बालिकाहरूको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोली परिचालन गरिएको छ। टोलीले नदीको बहाव क्षेत्र र सम्भावित स्थानहरूमा खोजी कार्यलाई तीव्र बनाएको प्रहरीले जनाएको छ।

Author

Leave A Reply

Your email address will not be published.