१३ आश्विन २०८३, मंगलवार

बैंकिङ कसूरमा फरार सर्लाहीका अविनाश ठाकुर काठमाडौंबाट पक्राउ

330

२०८२ साउन २३ गते शुक्रबार, काठमाडौं।

बैंकिङ कसूर मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । सर्लाहीको कोडैना गाउँपालिका-२ घर भई हाल काठमाडौं महानगरपालिका-३२ सुविधानगर बस्दै आएका २९ वर्षीय अविनाश ठाकुरलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको विशेष टोलीले उनलाई सुविधानगरबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ ।

ठाकुरविरुद्ध जिल्ला अदालत काठमाडौंले २०८१ पुस १ गते बैंकिङ कसूर मुद्दामा पक्राउ अनुमति जारी गरेको थियो । अदालतको अनुमतिपछि उनी फरार रहँदै आएका थिए ।

पक्राउ परेका ठाकुरलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौंमा बुझाइएको अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।

Author

Leave A Reply

Your email address will not be published.