१२ आश्विन २०८३, सोमबार

महोत्तरीबाट पौने ५ क्विन्टल गाँजासहित ट्रक चालक पक्राउ

328

२०८२ साउन १९ गते सोमबार, काठमाडौं।

महोत्तरीमा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ । रामगोपालपुर नगरपालिका-५ स्थित रामगोपालपुर चोकबाट प्रहरीले करिब ४ सय ७१ किलो गाँजासहित एक ट्रक चालकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका-४ का २६ वर्षीय मान बहादुर मुक्तान रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो, बर्दिबास शाखा र इलाका प्रहरी कार्यालय बर्दिबासको संयुक्त टोलीले आइतबार साँझ विशेष सूचनाको आधारमा उक्त कारबाही गरेको हो । बर्दिबासबाट जलेश्वरतर्फ जाँदै गरेको ना.६ ख २९१९ नम्बरको ट्रकलाई शंका लागेर जाँच गर्ने क्रममा १० वटा बोरामा लुकाइराखेको अवस्थामा उक्त परिमाणको गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

गाँजा बरामद भएलगत्तै प्रहरीले ट्रक चालक मुक्तानलाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेका उनीमाथि लागूऔषध ओसारपसार सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले उक्त गाँजाको स्रोत र गन्तव्यबारे पनि अनुसन्धान सुरु गरेको छ ।

Author

Leave A Reply

Your email address will not be published.