१३ आश्विन २०८३, मंगलवार

काठमाडौंमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

200

२०८२ साउन १४ गते बुधबार, काठमाडौं।

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दाङका एक युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा दाङको दंगीशरण गाउँपालिका-६ घर भएका २२ वर्षीय रमेश खड्का रहेका छन्।

पीडित पक्षले दिएको जाहेरीका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको विशेष टोलीले खड्कालाई मंगलबार बिहान पक्राउ गरेको हो। प्रहरीका अनुसार, खड्काले ती किशोरीलाई जबरजस्ती करणी गरेको भनी उजुरी परेपछि प्रहरीले उनको खोजी कार्य तीव्र पारेको थियो।

पक्राउ परेका खड्कामाथि जबरजस्ती करणीसम्बन्धी कसुरमा थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ। उनलाई जिल्ला अदालत, काठमाडौंबाट म्याद थप गरी घटनाको विस्तृत अनुसन्धान गरिने जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

Author

Leave A Reply

Your email address will not be published.