१४ आश्विन २०८३, बुधबार

सुन्दरहरैंचामा १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी, ३७ वर्षीय पुरुष पक्राउ

321

२०८२ साउन ११ गते आईतबार, काठमाडौं।

मोरङको सुन्दरहरैंचा नगरपालिकामा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन्दरहरैंचा नगरपालिका-६, नमुना चोकका ३७ वर्षीय खगेन्द्र विक रहेका छन् ।

पीडित बालिकालाई विकले जबरजस्ती करणी गरेको भनी पीडित पक्षबाट प्रहरीमा उजुरी परेको थियो । सोही उजुरीको आधारमा प्रहरी चौकी गछियाबाट खटिएको प्रहरी टोलीले विकलाई शनिबार साँझ पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार, उजुरी प्राप्त हुनासाथ प्रहरीले तत्कालै कारबाही अगाडि बढाएको थियो । पक्राउ परेका विकलाई नियन्त्रणमा लिई घटनाको सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको छ ।

प्रहरीले घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै पीडित बालिकाको पहिचान गोप्य राखेको छ र उनको स्वास्थ्य परीक्षण लगायतका कानुनी प्रक्रिया अगाडि बढाइएको जनाएको छ ।

Author

Leave A Reply

Your email address will not be published.